नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ ।

उक्त सेयर खरिदका लागि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद असोज २७ गतेसम्म तोकिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।