वर्ल्डलिंकको दशैंलाई लक्षित ‘फेस्टिभ अफर’, १०५० रूपैयाँमा राउटर र २०० एमबीपीएस इन्टरनेट

0
Shares

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै “वर्ल्डलिंक फेस्टिभ” अफर ल्याएको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्षक डिलहरु प्राप्त गर्न सक्नेछन् । पहिलो प्याकेज फास्ट अफर अन्तर्गत १ हजार ५० प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबिपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

टू राउटर प्याकेज अन्तर्गत मात्र १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले नोकिया बिकन १-१ मेस राउटर, डुअल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबैभन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने स्मार्ट अफर अन्तर्गत मात्र १ हजार ५० प्रति महिना, नोकिया बिकन १-१ मेस राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटिभी मात्र १५० रूपैयाँमा प्राप्त गर्नेछन् ।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध हुनेछ । साथै उपलब्ध हुने सबै स्पीडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागू हुनेछ ।

सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियाली र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ ।

वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनटसँग जोड्न देशभर धेरै मद्दत पु¥याएको छ । यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटसँगै भ्यालु एडेड सर्भिसेस पनि प्रदान गर्दै आएको छ । जसअन्तर्गत वाईफाई एक्सप्रेसद्वारा देशभर १४ हजारभन्दा धरै वाईफाई हटस्पटमा निःशुल्क वाईफाई प्रदान गरिरहेको छ ।

साथै तुरून्तै सेवा अन्तर्गत अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इन्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।