‘जीवन लाभ बीमा योजना’ सार्वजनिक

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले जीवन लाभ नामक बीमा योजना सार्वजनिक गरेको छ ।

एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रसाद दास सहित कम्पनीका उच्च अधिकारीहरुको उपस्थितिमा जीवन लाभ बीमा योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नायब कार्यकारी निर्देशक टी वर्णवाल, सूचना प्रविधि प्रमूख सञ्जीव अग्रवाल, कम्पनी सचिव सुदर्शन गिरी, मार्केटिङ विभाग प्रमुख प्रकाश भक्त उपाध्याय, अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

बीमा योजना सार्वजनिक कार्यक्रममा कार्यकारी निर्देशक लक्ष्मी प्रसाद दासले यस योजनाबाट तुलनात्मक रुपमा अन्य बीमा योजना भन्दा कम बीमा शुल्क सीमित अवधिसम्म तिरेर लामो अवधिसम्म बीमा लाभ प्राप्त गर्न सक्ने बताए । नेपालको परिप्रेक्ष्यमा यो बीमा योजना बिलकुलै नयाँ भएको उनको भनाई थियो ।

जीवन लाभ नामक बीमा योजनामा यस्ता पाइन्छ सुविधा

कम्पनीले आजदेखि प्रचलनमा ल्याएको यस योजनामा सहभागि भई बीमितले सीमित अवधीसम्मको बीमाशुल्क बुझाएपछि थप पाँच वर्षसम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुनेछ ।

कम्पनीका अनुसार जीवन लाभ बीमा योजना खरिद गर्ने बीमितको कथमकदाचित मृत्यु भएमा बीमाङ्क रकमको साथै मृत्यु भएको दिनसम्मको आर्जित बोनस प्रदान गरिने छ ।

यस्तै बीमाङ्कको २५ प्रतिशत वा १ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम मृत्यु संस्कार खर्च वापत भुक्तानी हुनेछ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक वा मासिक रुपमा भुक्तानी गर्न सकिन्छ ।

न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्षसम्मको उमेरका योजनामा सरिक हुन सक्नेछन् । त्यसैगरी न्यूनतम बीमाङ्क ५० हजारदेखि अधिकतम बीमाङ्क जति पनि हुन सक्दछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।