सानिमा क्यापिटल लिमिटेडले ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
सानिमा बैंकको सहायक कम्पनीको रुपमा स्थापित उक्त क्यापिटलले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट चुक्ता पुँजीको १५.७८९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउने भएको हो ।
लाभांश सहितका अन्य एजेण्डाहरु पारित गर्न क्यापिटलले असोज २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल काठमाडौमा अपरान्ह ४ बजे साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
सभाबाट क्यापिटलले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाबउपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डामाथि छलफल हुनेछ ।










प्रतिक्रिया