सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तियो, चाँदी भने बढ्यो

0
Shares

छापावाल सुनको भाउ बिहीबार नेपाली बजारमा तोलामा ३०० रुपैयाँले घट्दा चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ ।

नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको भाउ ९२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १८० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेर १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६८८ डलर तथा चाँदी प्रतिऔंस १९.४५ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।