नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।  लघुवित्तले भदौ ३० गते बिहीबारदेखि न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेर प्रतिस्पर्धी मूल्यमा लिलाम बिक्री खुला गरेको हो ।

सो सेयरमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
उक्त सेयरमा बोलपत्र पेश गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।