
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले डेंगु सङ्क्रमितहरूको लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको बताएका छन् ।
उनले पछिल्लो समय समुदायमा फैलिइरहेको डेंगु सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको महानगरले अनुभव गरेको बताउँदै हटलाइन सेवा सुचारु गरेको बताए ।
उनले भनेका छन्‚ ‘डेङ्गु सङ्क्रमितहरूको लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौं । संक्रमित भए वा भएको शंका लागेमा तपाईंले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूका नै परामर्श पाउन सक्नु हुनेछ’‚ उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया