एनआईबिएल सहभागिता फन्डको ७.२० प्रतिशत नगद लाभांश वितरण भएको छ । भदौ ९ गतेसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त लाभा.श पाउनेछन् ।
फन्डले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट इकाईधनीलाई ७.२० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो । भदौ ३० गते बिहीबारदेखि नगद लाभांश इकाईधनीको बैंक खातामा नै पठाउन थालिएको जनाएको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
एनआईबिएल सहभागिता फन्ड एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी योजना हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया