सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तियो, चाँदीको पनि घट्यो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएसँगै नेपालमा पनि पछिल्लो समय सुनको भाउ घट्दै गएको छ ।

नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा १ हजार रुपैयाँर चाँदी तोलामा १० रुपैयाँले सस्तिएको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन बिहीबार नेपाली बजारमा छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६६३ डलर तथा चाँदी प्रतिऔंस १९ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।