
जजिरा एयरवेजले भैरहवा–कुवेत रुटमा दैनिक उडान सुरू गरेको छ । यसअघि सातामा तीन दिन उडान गर्दै आएको सो एयरलाइन्सले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान थालेको हो ।
दसैँ तिहार लगायतका चाडपर्व नजिकिएका कारण अकुपेन्सी बढेपछि नियमित उडान सुरू भएको हो ।
विमानस्थलका प्रवक्ता सुभास झाले शुक्रबारबाटै दैनिक उडना सुरू गरेको बताए । जजिराले १७४ जना यात्रु क्षमता भएको जहाज मार्फत दैनिक १६० जनाले यात्रा गर्दै आएको उनले जानकारी दिए ।
जजिराले २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएको छ । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले मात्र भैरहवाबाट कुवेत उडान गर्दै आएको छ ।
नागरिक उड्यन प्राधिकरणले दैनिक ३ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीहरूलाई भैरहवाबाट पनि उडान भर्न भनेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया