निलम्बित प्रधानन्यायाधीश जबराको प्राइम बैंकमा साढे ९ करोड ऋण, बिओकेमा ५९ लाख बचत

0
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्राइम बैंक लिमिटेडमा ९ करोड ५० लाख रुपैयाँ ऋण र बैंक अफ काठमाण्डू लिमिटेडमा ५९ लाख २६ हजार रुपैयाँ निक्षेप बचत रहेको पाइएकाे छ ।

न्याय परिषदको सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा बुझाएको सम्पत्ति विवरणमा साे उल्लेख  गरिएकाे छ ।

यस बाहेक जवराको श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौं महानगरपालिका ५ भाटभटेनीमा १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा र त्यसमा पूरानो घर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

परिषदले बुझाएको सम्पत्ति विवरणमा उनको श्रीमति रेजीको नाममा काठमाण्डौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा तीन कित्तामा ६ आना जग्गा किनेको भएपनि सो विवरण उल्लेख गरिएको छैन । उनले २०६५ असोज ४ गते उक्त जग्गा किनेकी थिइन् । त्यसको ठ्याक्कै दुई महिनापछि काठमाडौं महानगरपालिका-३० स्थित ठमेलमा पनि रेजीले तीन कित्तामा रहेको १ रोपनी ४ आना जति जग्गा किनेकी थिइन् ।

सचिवालयले बुझाएको सम्पत्ति विवरणमा निलम्बित प्रधानन्यायाधीश जवराले उक्त जग्गा २०७७ असार १७ गते ८ करोड २६ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख गरिएको छ । उनले आफ्नो ठमेलको घर जग्गा धितो राखेर प्राइम बैंक लिमिटेडबाट ९ करोड ५० लाख रुपैयाँ ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

नगद रकमको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको छ । उनको यो सम्पत्ति विवरण २०७८ साल सम्मको रहेको परिषद सचिवालयले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  १९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।