टेलिकमका चार ट्रेड युनियनको एकै स्वर, लगानीको प्रतिफल सुनिश्चितता गर्न ध्यानाकर्षण

0
Shares

नेपाल टेलिकममा क्रियाशील ४ वटै ट्रेड युनियनले आज आगामी २०७९ मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको फिफा वल्डकप २०२२ का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा एनटीटिभीमा ओटीटी मार्फत गर्नको लागि सञ्चालक समितिबाट हतारोमा सैद्धान्तिक सहमति दिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव मणि कुमार पोखरेलले दिएको जानकारी अनुसार नेपाल टेलिकमका प्रवन्ध निर्देशकलाई एक ध्यानाकर्षण पत्र दिँदै ध्यानाकर्षण गरिएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिफा वल्डकप २०२२ का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा एनटीटिभीमा ओटीटी मार्फत गर्नको लागि मिति २०७९ भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकबाट सैद्धान्तिक सहमति दिएको भन्ने जानकारी प्राप्त हुन आएकोमा तत् सम्बन्धी केही प्रश्नरजिज्ञासाहरु उत्पन्न भएका र सोको स्पष्ट निराकरणका आधारहरु प्राप्त हुन नसकेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

उक्त विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको फिफा वल्डकप २०२२ प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको क्रिन साइज प्राथमिकता, एनटीटिभीसँग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सबैले स्विकार्नु पर्दछ भन्दै व्यवस्थापनको ध्यानाकर्षण गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनेनिएको छ, ‘तसर्थ करिब २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको रेट या रिटर्नको स्पष्ट आधार एवं आईटी क्षेत्रको सेवाको पोक्सी सर्भर मार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकहरु समेतबाट सोको प्रशारण बाट अपेक्षित व्यापार हुन सक्नेर नसक्ने यथार्थलाई तथ्यगत रुपमा क्याल्कुलेसन गरेर यस्तो व्यापार गर्नु वाञ्छनीय हुनेछ ।’

कर्मचारी युनियनहरुले सो भएको खण्डमा नेपाल टेलिकमले अङ्गीकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलील खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाने औंल्याएको छ । यसले समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष माग गरेको छ ।

प्रस्तावहरूमा सरोकारवालाहरु वीच व्यापक छलफल गरि निर्णय गर्न र यस प्रस्तावमा लगानी अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरि उक्त विषय अगाडि नबढाउन ध्यानाकर्षण गराएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार  १८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।