टेलिकमको संविधान दिवस लक्षित अफरः २९४ रुपैयाँमा २० जीबी डाटा

0
Shares

नेपाल टेलिकमले उपलब्ध गराइरहेको संविधान दिवस अफर असोज ४ गतेसम्म लागु हुने भएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा हाल संविधान दिवस अफर उपलब्ध गराइरहेको छ ।

यस अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रूपैयाँमा उपलब्ध हुनेछ ।
साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ रुपैयाँमा खरिद गर्न सकिने छ ।

असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।