कर्मचारी सञ्चय कोषको प्रशासकका लागि आवेदन माग

0
Shares

अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषले प्रशासक पदका लागि आवेदन माग गरेको छ ।

कर्मचारी सञ्चय कोषको प्रशासकको छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै कोषको रिक्त प्रशासक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो ।

शनिबार प्रकाशित सूचना अनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिले असोज २१ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ ।

मन्त्रालयका अनुसार कोषको प्रशासकको उम्मेदवारले अधिकतम ५ हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्छ । कर्मचारी सञ्चय कोषको प्रकाशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०७९ अनुसार आवेदन दिने सकिने र कार्यविधि मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  १९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।