नबिल बैंकका सीईओ ढुंगाना र एनएमबिका केसीलाई प्रवल जनसेवाश्री पदक

0
Shares

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसी संविधान दिवसका अवसरमा विभुषित हुने भएका छन् । केसी बैंकर्स संघका उपाध्यक्ष हुन् भने ढुंगाना संघका पूर्व अध्यक्षसमेत हुन् ।

गृह मन्त्रालयले तयार पारेको पदक सूची अनुसार नबिलका ढुंगाना र एनएमबिका केसीले जनसेवाश्री पदक पाउने भएका हुन् । दुबै जनालाई सरकारले प्रबल जनसेवा श्री पदकले विभुषित गर्न लागेको हो ।

संविधान दिवसका अवसरमा सरकारले देशका लागि विशेष योगदान पु¥याउनेहरुलाई विभिन्न पदक तथा अलंकारहरुले सम्मान गर्दै आएको छ ।

नबिलले बैंकले बैंकिङ क्षेत्रमा पहिलो नम्बरको बैंकका रुपमा आफुलाई स्थापित गराउँदै आएको छ भने एनएमबिले अन्य बैंकहरुभन्दा पृथक बैंकिङ अभ्यासलाई कार्यान्वयन गर्दै आइरहेको छ ।

अर्की बैंकर शिक्षा भट्टचनले विकास रत्न पाएकी छिन् । यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली पनि सम्मानित हुने सूचीमा छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले सर्वोच्च मानपदवीबाट व्यवसायीहरुलाई सम्मानित गर्न लागेको हो । विभिन्न मान, पदवी र अलंकार पाउने ९९८ जनाको सूचीमा धैरै उद्योगी-व्यवसायी छन् ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मुरारका महासंघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीपबाट उद्यमी सम्मानबाट विभुषित गर्दैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार  १३ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।