नारायणी डेभलपमेन्ट बैंकको २६ हजार २५२ कित्ता संस्थापक सेयरको बिक्री खुला भएको छ । बैंकले पहिलो चरणमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन गर्न पाउने गरी उक्त सेयर खुला गरेको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले असोज ४ गते मंगलरदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा आवेदन दिन सक्नेछन् । निवेदनका साथ खरिद गर्न चाहेको कित्ता र मूल्य खुलाएर निवेदन पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापक सेयरधनीबाट तोकिएको समयमा सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम आम सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया