आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयरको बिक्री खुल्यो

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयरको बिक्री खुला भएको छ ।

असोज ४ गते मंगलबारदेखि खुला गरिएको उक्त सेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको छ । लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धीमा मूल्यमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले असोज १२ गते बुधबार कार्यालय समयभित्र प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउन सक्नेछन् ।

साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि कम्पनीको सेयर आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी दोस्रो पटक बिक्री खुला गरिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।