नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर २७ जना युवाहरु एमाले प्रवेश गरेका छन् ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज ती युवाहरुलाई पार्टीमा प्रवेश गराए् ।
काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गराएका हुन् ।
नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सँधै प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया