नेपालमा प्रयोग हुने नम्बरिङ प्रणाली पुरानो नम्बरिङ प्रणालीमा आधारित छ । यस प्रणालीमा, ठूला संख्याहरूलाई दुई अंकको संख्या प्रणालीमा समूहबद्ध गरिन्छ । संसारका अन्य देश (भाग) हरूमा तिनीहरू तीन अंक संख्या प्रणालीमा समूहबद्ध छन् ।
नम्बर गणनामा १०,००० सम्मको गणनाका लागि नेपालमा प्रयोग हुने नम्बरिङ प्रणाली र संसारका अन्य देशहरुमा प्रयोग गर्ने समान छन् तर १००,००० भन्दा माथिको गणना समान छैन । यसलाई नेपालमा एक लाख भनिन्छ । भारत र पाकिस्तानमा पनि समान संख्या प्रणाली छ ।
नेपालीमा ठूला नेपाली संख्याहरू यसरी गणना गरिन्छः-
- एक
- दश
- सय
- हजार
- दश हजार
- लाख
- दश लाख
- करोड
- दश करोड
- अरब
- दश अरब
- खरब
- दश खरब
- नील
- दश नील
- पदम
- दश पदम
- शंख
- दश शंख
- उपाध
- दश उपाध
- अंक
- जल्द
- मध
- परर्ध
- अन्त
- महाअन्त
- शिशन्त
- संघर
- महासिंघर
- अदन्त सिंघर
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया