अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् ।
त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने उनको भनाई छ । पालुङ्टारलाइ सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटी बनाउनुपर्ने भन्दै संघीय सरकार र अर्थमन्त्रालयबाट यसको लागि सम्पूर्ण सहयोग हुने उनले बताए ।
‘स्मार्ट सिटिमा गरीबी र अभाव भन्ने कुरा हुँदैन । पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।’ उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
‘नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु ।’ मन्त्री शर्माले पालुङ्गटारमा उपस्थित स्थानीय जनतालाई सम्बोधन गर्दै भने ।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउँदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको पनि स्मरण गराए ।
संघीयता कार्यन्वयनका लागि दलहरुबीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफुलाई यो चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए । यो गठबन्धन कसैलाई सांसद बनाउन र मन्त्री बनाउन नभएर ठूलो राजनीतिक परिवर्तनपछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउँदै समाजवादको दिशामा अगाडि बढ्नको लागि भएको पनि उनले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
संघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपलब्धि भएको पनि उनले बताए ।
संघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको बिचार व्यक्त गर्दै उनले भने, स‘ंघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन।’
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकारात्मक अवस्थामा पुगेका बताउँदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको उनले बताए ।
बैंकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए ।
दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनका लागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउँसो पालुङ्टार पुगेका हुन् । लिगलिग पालुङ्टार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते मंगलबारसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।











प्रतिक्रिया