नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई बोनस वितरण नगर्ने भएको छ ।
बैंकको असोज ६ गते बिहीबार बेलका ६ः४५ बजे बसेको बैंक संचालक समितिको ११६ औं बैठकले नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको बैंकका कम्पनी सचिव इश्वरबन्धु गौतमले नोटबजारलाई जानकारी दिए ।
बैंठकले आव २०७८।७९ को वित्तीय विवरण अनुसार उक्त आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांस (कर समेत) घोषणा गरेको हो । यसअनुसार बैंकले ९० कराेड ९४ लाख ६८ हजार रूपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश अघिल्लो आवको तुलनामा आधा कम हो । अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर रकर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंठकले प्रस्तावित उक्त लाभांश वितरण गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात स्वीकृत लाभांशको वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको अनुमति माग्ने निर्णय गरेको छ ।
सो लाभांश साधारण सभा र दुबै निकायको स्वीकृति पश्चात मात्र लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया