
काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखेको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन निर्देशन दिएको छ ।
असोज ७ गते शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाले महानगरभित्र व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको हो ।
तोकिएको साइजभन्दा ठूलो परिचय पार्टी राखेको पाइएमा वा ३० दिनभित्र साइनबोर्ड शुल्क नबुझाएमा महानगरले हटाउने चेतावनी दिएको छ । महानगरले ३० वर्ग फुटसम्म मात्र साइनबोर्ड राख्न पाउने बताएको छ । सोभन्दा ठूलो साइनबोर्ड हटाउने उसले जनाएको छ ।
शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ । ६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ। ३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया