नयाँ लाइसेन्सबारे बुझाउन सेबोनमा सहायता कक्ष सञ्चालन

0
Shares

नेपाल धितोपत्र बोर्ड सेबोनले नयाँ लाइसेन्सको आवेदन बुझाउन सहायता कक्ष सञ्चालन गरेको छ ।

सेबोनले असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, तीन प्रकारका धितोपत्र दलाल कम्पनी र वस्तु विनिमय बजार सञ्चालनको लाइसेन्सका लागि आवेदन माग गरेको छ । बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेञ्जका लागि ४५ दिन र ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन भनेको छ ।

बोर्डबाट प्रदान गरिने सेवा प्रवाहसम्बन्धी कार्यलाई सहजीकरण गरी चुस्त बनाउन दुई कायम मुकायम निर्देशकहरुलाई सहायता कक्षमा खटाएको हो । प्रक्रियामा सहजीकरण गर्न बोर्डका कामु निर्देशकहरु नवराज पण्डित र तोलाकान्त न्यौपानेलाई सहायता कक्षको जिम्मेवारी दिइएको छ ।

लाइसेन्सको आवेदन पेश गर्ने सम्बन्धमा कुनै सहयोग आवश्यक भए कार्यालय समयभित्र सहायता कक्षमा सम्पर्क गर्नसक्ने सेबोनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।