नेप्से अपडेटः सूचक १८१८ बिन्दुमा झर्‍यो

0
Shares

सेयर बजार सूचक आइतबार साढे १ बजेसम्म २१ अंकले घटेर १८१८ बिन्दुमा झरेको छ । निरन्तरको गिरावटका कारण बजार प्यानिक बन्दा सूचक घट्दो क्रममा देखिएको हो ।

आइतबार साढे २ घण्टा अवधिमा २२१ कम्पनीका १३ लाख ७२ हजार कित्ता सेयर ४२ करोड ८१ लाख ४७ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

आइतबारै कारोबार खुलेको अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभुमी हाइड्रोपावरको सर्वाधिक ७.७७ प्रतिशतले घट्दा कुमारी धनवृद्धि योजना र सामलिङ्ग पावरको ७ प्रतिशत बढीले घटेको छ ।

नबिल बैंकको सर्वाधिक २ करोड ४३ लाखको सेयर खरिद बिक्री भएको छ । बैंकको सेयरमूल्य पनि घटेर ७५५ रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।