सानिमा माई हाइड्रोपावर (SHPC) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको सवा १६ करोड लाभांश पाउन असोज ११ गते मंगलबारसम्म सेयरधनी बन्नुपर्ने भएको छ ।
कम्पनीले कार्तिक २ गते आह्वान गरेको साधारण सभा लाभांश वितरणका लागि असोज १२ गतेबुधबार बुकक्लोज मिति तोकिएको छ । बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेययरधनीले मात्र लाभांश पाउनेछन् । सोही अनुसार कम्पनीको लाभांश पाउन पनि असाज ११ गते मंगलबारसम्म सेयरधनी भैसकेको हुनुपर्छ ।
कम्पनीको भदौ २० गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद वितरण गर्नेछ ।
कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न कार्तिक २ गते साधारण सभा आह्वान गरेको छ । सभा स्मार्ट दरबार ब्याक्वेट संखपार्क धुम्बाराहीमा बिहान ११ बजे शुरु हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया