नेपालीहरुको महान चाड बडा दशैं सुरु भएसँगै सेयर बजारमा सुधार देखिएको छ । सोमबार घटस्थापन सुरु भएसँगै मंगलबार सेयर कारोबारको पहिलो दिन हो । दशैं सुरु भएको पहिलो कारोबार दिनमा नै बजार १५.९२ अंकले बढेको हो ।
यसअघि बजार ४ दिन घटेर गत बुधबार बढेको बजार बिहीबार ९.८३ र आइतबार २२३.८३ अंकले घटेको थियो ।
आइतबार १८१५.१३ अंकसम्म बजार घटेपछि पुनः मंगलबार उकालो लागेको हो । सोमबार घटस्थापनको सार्वजनिक विदाका कारण बजार विदा थियो ।
मंगलबार नेप्से १५.९२ अंकले बढेर सुचक १८३१ दशमलव ०५ बिन्दुमा पुगेको छ । यसदिन ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा कारोबार समेटिएको छ । आज २२९ कम्पनीका २१ लाख ७ हजार ७४२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा होटल र म्युचुअल फण्ड उपसमुहगत सूचक बाहेक ११ वटै सूचक बढेका छन् । विकास बैंक र फाइनान्स र हाइड्रोपावर सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ भने होटल ०.८२ र म्युचुअल फण्ड ०.४७ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको सबैभन्दा धेरै २ करोड ८५ लाख रुपैयाँको ५८ हजार ४३८ कित्ता सेयर कारोबार भयो । नबिल बैंक २ करोड ६१ लाख, सानिमा माई हाइड्रोपावर २ करोड २६ लाख र नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरी, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर, एनआईसी एशिया बैंक र शिवम् सिमेन्टस् शीर्ष कारोबार हुने दशभित्र समेटिएका छन् ।
मंगलबार सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०९ रुपैयाँ पुगेको छ । भर्खरै दोस्रो बजारमा कारोबार खुलेको अभियान लघुवित्तको बिक्रीकर्ता नहुँदा ६.०७ प्रतिशत बढेको छ । यस्तै अपर हेवाखोला जलविद्युतको ६.०३, हिमालयन पावर पार्टनर ५.९९, माउन्टेन इनर्जी ५.७१ र मिथिला लघुवित्तको सेयरमूल्य ५.२९ प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, रिभर फल्स पावर र युनिभर्सल कम्पनीका लगानीकर्ताले पनि आजको बजारबाट ४ प्रतिशत बढेले नाफा कमाएका छन् ।
उता आजको बजारमा गरिमा डिबेञ्चर २०८५ को सेयरमूल्य १० प्रतिशत घटेर ८११ रुपैयाँमा झरेको छ । एभरेष्ट बैंक डिबेञ्चर २०८६ को मूल्य ५.८८ प्रतिशतले घट्दा सामलिङ्ग पावरको लगानीकर्ताले सर्वाधिक ४.६८ प्रतिशतले गुमाएका छन् । बेष्ट फाइनान्सको ३.६४ प्रतिशत, रुरु जलविद्युत ३.४२ प्रतिशत र स्वरोजगार लघुवित्तको २ प्रतिशतले घटेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया