छिमेक लघुवित्तद्धारा सेयरधनीलाई नगद लाभांश संकलन गर्न अनुरोध

0
Shares

छिमेक लघुवित्तले सेयरधनीलाई नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ । लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझ्न सेयरधनीलाई सूचीत गरेको हो ।

कतिपय सेयरधनीले आर्थिक वर्ष २०६९–७० देखि आर्थिक वर्ष २०७७–७८ सम्मको नगद लाभांश संकलनज नगरेको भन्दै लघुवित्तले सूचना जारी गरेर संकलन गर्न भनेको हो ।

लघुवित्तको प्रधान कार्यालय मध्य बानेश्वर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश संकलन गर्न सकिने कम्पनीले जनाएको छ । नगद लाभांश लिन जाँदा आधिकारिक परिचयपत्र, सेयर प्रमाणपत्र, डिम्याट खाता नम्बर सहित उपस्थित हुनुपर्ने सूचनामा उल्लख छ ।

तोकिएको समय भित्र नगद लाभांश संकलन नगर्ने सेयरधनीको उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने लघुवित्तले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।