नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पाउन आज (असोज १३ गते बिहीबार) सम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी भैसक्नुपर्ने हुन्छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदखि २८ गतेसम्म बुकक्लोज गर्दैछ । बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
नेपाल ल्यूब आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्न असोज २८ गते याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे एजिएम बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै जारी पुँजी ५ करोड रुपैयाँबाट बढाएर १० करोड पुर्याउने प्रस्ताव पनि रहेको छ ।
यस्तै कम्पनीको सभाबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफल गरी पारित हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया