ओमलाई गाभेँपछि एनएमबि बैंकले ल्यायो ‘एनएमबि समृद्ध गण्डकी बचत’ योजना

0
Shares

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ।

एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ।

यो बचत खाताले खातावालाको श्रीमानरश्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँ सम्मको औषधी उपचार बिमा र थप १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा सहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउनेछ।

यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइनेछ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ।

यो बचत खाताअन्तर्गत विभिन्न बिक्री केन्द्रहरूमा एनएमबि डिलाइड डेबिट र क्रेडिट कार्डबाट छुट प्राप्त गर्न सकिनेछ र एनएमबि बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छुटसहितका अन्य लाभहरू प्राप्त गर्नेछन्।

एनएमबि बैंक शाखाका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा ठूलो बैंक हो, यस प्रदेशमा बैंकका कुल ३९ शाखा छन्। बैंकका हाल देशभरि १६३ शाखा, १२८ एटीएमहरू र ५ एक्सटेन्सन काउन्टरहरू रहेका छन्। बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ।