इन्फिनिटी लघुवित्तको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २ हजार ८५९ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ ।

कम्पनीले असोज १४ गतेदेखि इच्छुक विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन गर्न पाउने गरी दोस्रो चरणमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा संस्थापक सेयरधनीहरूमा बिक्रीमा ल्याएकोमा अवितरित सेयर पुनः सर्वसाधारण लगानीकर्ताहरुले समेत आवेदन गर्न पाउनेगरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुकले लघुवित्त कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पुग्ने गरी असोज १४ गतेदेखि १५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीले उल्लेखित सेयरको मूल्य संस्थापक सेयर खरीद बिक्री सञ्चालक समितिको निर्णय बमोजिम हुने जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।