१६ मध्ये कुन वाणिज्य बैंकमा पाइन्छ सस्तो ऋण ? बचतमा धेरै व्याज दिने बैंक यस्ता छन्


आक्रमक रुपमा कर्जा प्रवाह गरेका बैंकहरुमा थप लगानी योग्य रकमको अभाव भईरहदा निक्षेप तान्ने प्रतिष्पर्धा चलिरहेको छ । जसका लागि बैंकहरुले आर्कषक योजना सहितका बचत योजनाहरु सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको कार्तिक मध्येसम्म करिब ढेड दर्जन बैंकहरुले ब्याजदर समेत परिमार्जन गरिसकेका छन् ।

यो क्रममा १६ वटा वाणिज्य बैंकहरुमध्ये कर्जा प्रवाहतर्फ राष्ट्रिय वाणिज्य बैंकको व्याजदर सबैभन्दा सस्तो पर्ने देखिएको छ । निक्षेपतर्फ भने सेञ्चुरी, प्राइम र जनता बैंकले धेरै व्याज दिने अफर गरेका छन् ।

लगानीयोग्य रकमको अभावमा मझौला किसिमका बैंकहरुले निक्षेप आफ्नोमा तान्नका लागि उच्च व्याज दिने गरी व्याजदर सार्वजनिक गरिरहेका छन् । असोज मसान्तको आधारदरसँगै बैंकहरुले सार्वजनिक गरेको व्याजदरमा जनता, सेञ्चुरी र प्राइम बैंकले ६.५ प्रतिशत व्याज दिने छन् ।

मुद्धती बचतमा भने सबैजसो बैंकहरुको व्याजदर एकनासको देखिएको छ । अधिकांस बैंकले ८.५ प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिने छन् ।

१६ बैंकहरुको साधारण तथा मुद्धती निक्षेपको व्याजदरको सूची यस्तो छ ।

उता कर्जा प्रवाहतर्फ भने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो व्याजदरमा ऋण दिने भएको छ । आधार व्याजदर सबैभन्दा कम भएको अवस्थामा पनि वाणिज्य बैंकले अरुकोभन्दा सस्तो प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने भएको छ ।

१६ मध्ये सबैभन्दा थोरै अर्थात ६.६० प्रतिशत आधारदर रहेको वाणिज्य बैंकको प्रिमियम पनि १ देखि ५.४० प्रतिशतसम्म मात्र छ । वाणिज्य बैंक पछि स्टाण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेण्ट, नबिल बैंकको आधारदर तथा प्रिमियमका आधारमा व्याज सस्तो पर्ने देखिन्छ ।

यहाँ १६ वाणिज्य बैंकको आधारदर र प्रिमियमदरलाई तालिकामा देखाइएको छ । जहाँ आधारदरमा प्रिमियम थप गरे पछि कर्जाको व्याजदर निर्धारण हुनेछ ।

नेपाल राष्ट्र बैंकले केही दिन पहिले मात्र ऋणीहरुलाई स्थीर व्याजदरको विकल्प दिनका लागि वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । यो अवस्थामा अब कर्जा लिनेहरुले सुरुमा छनौट गरेको व्याजदर नै अन्तिम समयसम्म कार्यान्वायनमा आउने छ । यसले व्याज बढिरहेका बेला ऋणीहरुलाई राहत हुँदा बैंकहरुले व्याज बढाउन पाउँदैनन् भने व्याजदर घटेको बेला ऋणीको व्याजदर घट्दैन । जसले ऋणी मारमा पर्दा बैंकहरुको आम्दानी बढ्दो अवस्थामा रहनेछ ।

यो पनि …

कर्जा प्रवाहमा बैंकहरु आक्रमक, कात्तिक मध्येसम्म निक्षेपको दोब्बर कर्जा