कर्जा प्रवाहमा बैंकहरु आक्रमक, कात्तिक मध्येसम्म निक्षेपको दोब्बर कर्जा

Note Bazar २०कार्तिक, २०७६, बुधबार / Nov 06, 2019 16:49:pm

बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मध्येसम्ममा ८४ अर्ब निक्षेप संकलन गरेर १३३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । यो अबधिमा बैंकहरुको निक्षेप अनुसार ६७ अर्ब २ करोड रुपैयाँ मात्र कर्जा प्रबाह गर्न सक्ने अवस्था रहन्छ ।

त्यसका साथै सो अवधिमा बैंकहरु प्रबाह गरेको कर्जाका लागि उनीहरुसंग १६६.२५ अर्ब रुपैयाँ निक्षेप हुनु पर्छ । बैंकहरुले निक्षेप संकलन गरेको रकमको ८० प्रतिशतमात्र कर्जा प्रबाह गर्न सक्छन । बैंकहरुले पुँजी, कर्जा तथा निक्षेप अनुपात(सीसीडी) रेसियो ८० प्रतिशत हाराहारीमा यस अघि नै पुगेको हुनाले निक्षेपको तुलनामा कर्जा न्यून भएको एक बैंकरले बताए । सो अवििधमा बैंकहरुले गत आर्थिक वर्षको अन्त्यमा संकलन गरेको निक्षेपलाई पनि परिचालन गरेको देखिन्छ । असोजको अन्तिम साता देखिनै बैंकहरुले कर्जा प्रबाहमा कमी गरेका छन ।

आर्थिक वर्षको सुरुवातीमा बैकहरुले निक्षेपको दोब्बर भन्दा धेरै कर्जा प्रबाह गर्न सक्नुको कारण भने अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढ्ने भएकाले बैंकहरुसंग निक्षेप वढेको हुन्छ । त्यसको मद्दतले बैंकहरुले निक्षेपलाई भन्दा कर्जा विस्तारलाई महत्व दिने गर्छन । त्यसका साथै बैंकहरुले आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै नै कर्जा प्रबाह गर्नका लागि जोड दिन्छन । पहिलो त्रैमासमा प्रबाह भएको कर्जाले वर्षभरका लागि ब्याज आम्दानी गर्ने भएकाले आम्दानी वढाउनका लागि पनि पहिलो त्रैमासमा कर्जा प्रबाहका लागि धेरै जोड दिने गरेका छन् ।

विगतका वर्षहरुमा बैंकहरुले पहिलो त्रैमास आक्रामक भएर लगानी गर्दा कर्जा लगानी योग्य रकम अभावको समस्या हरेक वर्ष झेल्दै आएका बैंकहरु चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै होसीयारी अपनाएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब निक्षेप झिकिएको बैंकिङ प्रणालीवाट ९ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको थियो । त्यसैगरी भदौ महिनामा बैंकहरुले १० रुपैयाँ निक्षेप संकलन गरेर ४४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महिना असोजमा बैंकहरुले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । यो तथ्याङकले पनि बैंकहरुले निक्षेपका लागि भन्दा पनि कर्जामा धेरै जोड गरेको स्पष्ट हुन्छ । तर, कात्तिक महिनाको १५ दिनसम्ममा बैंकहरुवाट ११ अर्ब निक्षेप झिकिएको छ भने २ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह भएको छ ।

चालु आर्थिक वर्षको कार्तिक १५ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेका छन् ।


Share on:


Comments