नेप्सेमा ९८ करोड मूल्यको बोनस सेयर सूचीकृत

0
Shares

नागरिक लगानी कोषको बोनस सेयर साउन २६ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।

नेप्सेका अनुसार कोषले आर्थिक वर्ष २०७८/७८ को मुनाफाबाट वितरण गरेको चुक्ता पुँजीको ३० प्रतिशत बोनस बराबरको ९८ करोड १० लाख मूल्यको प्रतिसेयर अंकित १०० रुपैयाँ अंकित दरका ९८ लाख १० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

कोषको भदौ ६ गते सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सो बोनस साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज (साउन २५ गते बुधबार) को अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् । जसअनुसार २०७९ साउन २४ गते मंगलबारसम्म कायम लगानीकर्ताले मात्र पाउनेछन् ।

बुधबार सूचीकृत भएको कोषको सो बोनस बुकक्लोज मितिसम्म कायम सेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।