निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन करिब ९ अर्ब, कसको कति ?

0
Shares

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को दुई महिना अर्थात भदौ मसान्तसम्ममा ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा ४ लाख ४५ हजार ३६९ वटा बीमालेख जारी भएका छन् ।

समीक्षा अवधिमा संकलित बीमाशुल्क गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

बीमा समितिको तथ्याङ्क अनुसार भदौसम्म राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक १ अर्ब २० करोड ४७ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको बीमाशुल्क संकलन २०१.१८ प्रतिशतले बढेको हो । राष्ट्रिय बीमा कम्पनीले संकलन गरेको बीमाशुल्क सबै बीमा कम्पनीहरुको बीमाशुल्को १५.३० प्रतिशत बराबर हो ।

यसैगरी शिखर इन्स्योरेन्सले ६७ करोड २४ लाख ३८ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ५८ करोड ७३ लाख ७५ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५६ करोड ३० लाख २५ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स ५४ करोड १९ लाख ८८ हजार रुपैयाँ र नेको इन्स्योरेन्सले ५३ करोड ९७ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुुल्क संकलन गरेको छ ।

बीमा समितिको तथ्यांक अनुसार एनएलजी इन्स्योरेन्सले ४३ करोड २५ लाख ८३ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ४१ करोड १३ लाख ४२ हजार, नेपाल इन्स्योरेन्सले ३१ करोड ५२ लाख ९९ हजार, दि ओरियण्टल इन्स्योरेन्सले ३१ करोड ४४ लाख ३९ हजार, अजोड इन्स्योरेन्सले ३१ करोड ३१ लाख ६ हजार रुपैयाँ र लुम्बिनी जनरल रुपैयाँ इन्स्योरेन्सले ३० करोड ७२ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको दुई महिना अवधिमा प्रभु इन्स्योरेन्सले २९ करोड ८५ लाख ८८ हजार रुपैयाँ, आइएमई जनरलले २८ करोड १८ लाख १५ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले २५ करोड ९९ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले २५ करोड ४३ लाख ६८ हजार रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले २० करोड १३ लाख ३० हजार रुपैयाँ, जनरल इन्स्योरेन्सले १८ करोड ८८ लाख २१ हजार रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले १८ करोड ६० लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको विवरण आ.व. २०७८/७९ भाद्र महिनासम्मको
निर्जीवन बीमक २०७९ भाद्र महिनाको २०७९ भाद्र महिनासम्मको
जारी बीमालेख संख्या कुल बीमाशुल्क (लाखमा) जारी बीमालेख संख्या कुल बीमाशुल्क (लाखमा)
नेपाल इन्स्योरेन्स 12105 1488.38 23872 3152.99
दि अरियन्टल इन्स्योरेन्स 3109 1185.40 6499 3144.39
राष्ट्रिय बीमा कम्पनी 3531 3618.93 6643 12047.27
नेशनल इन्स्योरेन्स 2725 850.58 5683 2599.00
युनाइटेड इन्स्योरेन्स 8939 972.54 17690 2013.30
प्रिमियर इन्स्योरेन्स 12918 1988.35 25427 4113.42
नेको इन्स्योरेन्स 23477 2686.77 45376 5397.47
सगरमाथा इन्स्योरेन्स 18583 2611.26 37218 5873.75
प्रभु इन्स्योरेन्स 9488 1951.27 20062 2985.88
आइएमई जनरल इन्स्योरेन्स 8715 1250.67 17348 2818.15
प्रुडेन्सियल इन्स्योरेन्स 10563 1178.34 21239 2543.68
शिखर इन्स्योरेन्स 20415 3171.97 41332 6724.38
लुम्बिनी जनरल इन्स्योरेन्स 10609 1337.96 22039 3072.78
एनएलजी इन्स्योरेन्स 14680 2021.62 29860 4325.83
सिद्धार्थ इन्स्योरेन्स 17196 2357.72 35078 5419.88
जनरल इन्स्योरेन्स कम्पनी 6045 663.13 11942 1888.21
अजोड इन्स्योरेन्स 12607 1516.59 24460 3131.06
सानिमा जनरल इन्स्योरेन्स 7001 825.35 13867 1860.39
हिमालयन एभरेष्ट इन्स्योरेन्स 21021 2310.37 39734 5630.25
कुल 223727 33987.20 445369 78742.08

भदौ महिनामा कसले कति उठाए बीमाशुल्क ?

अठार निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क उठाएका छन् । भदौमा मात्रै कम्पनीहरूले २ लाख २३ हजार ७२७ वटा बीमालेख जारी गरेका छन् ।

यस अवधिमा बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क यस्तो छः–

  • राष्ट्रिय बीमा कम्पनीः ३६ करोड १८ लाख ९३ हजार रुपैयाँ
  • शिखर इन्स्योरेन्सः ३१ करोड ७१ लाख ९७ हजार रुपैयाँ
  • नेको इन्स्योरेन्सः २६ करोड ८६ लाख ७७ हजार रुपैयाँ
  • सगरमाथा इन्स्योरेन्सः २६ करोड ११ लाख २६ हजार रुपैयाँ
  • सिद्धार्थ इन्स्योरेन्सः २३ करोड ५७ लाख ७२ हजार रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सः २३ करोड १० लाख ३७ हजार रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २० करोड २१ लाख रुपैयाँ ६२ हजार रुपैयाँ
  • प्रिमियर इन्स्योरेन्सः १९ करोड ८८ लाख रुपैयाँ ३५ हजार रुपैयाँ
  • प्रभु इन्स्योरेन्सः १९ करोड ५१ लाख २७ हजार रुपैयाँ
  • अजोड इन्स्योरेन्सः १५ करोड १६ लाख ५९ हजार रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः १४ करोड ८८ लाख ३८ हजार रुपैयाँ
  • लुम्बिनी जनरल इन्स्योरेन्सः १३ करोड ३७ लाख ९६ हजार रुपैयाँ
  • आइएमई जनरल इन्स्योरेन्सः १२ करोड ५० लाख ६७ हजार रुपैयाँ
  • दि ओरियन्टल इन्स्योरेन्सः ११ करोड ८५ लाख ४० हजार रुपैयाँ
  • प्रुडेन्सियल इन्स्योरेन्सः ११ करोड ७८ लाख ३४ हजार रुपैयाँ
  • युनाइटेड इन्स्योरेन्सः ९ करोड ७२ लाख ५४ हजार रुपैयाँ
  • नेशनल इन्स्योरेन्सः ८ करोड ५० लाख ५८ हजार रुपैयाँ
  • सानिमा जनरल इन्स्योरेन्सः ८ करोड २५ लाख ३५ हजार रुपैयाँ
  • जनरल इन्स्योरेन्सः ६ करोड ६३ लाख १३ हजार रुपैयाँ

गत आवको तुलनामा १७ कम्पनीले बढाउँदा दुईको घट्यो

बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवको दुई महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा १६ कम्पनीले बीमशुल्क संकलन बढाएका छन् भने २ कम्पनीको भने घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै २०१.१८ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । यस्तै लुम्बिनी जनरलको ४६.३२ प्रतिशत, नेपाल इन्स्योरेन्स ४३.३२, सानिमा जनरल ४३.११, अजोड ४२.३२, जनरल इन्स्योरेन्स ३४.८७, आइएमई जनरल २८.१० र प्रुडेन्सियल इन्स्योरेन्सको २७.१८ प्रतिशतले बढेको छ ।

यसैगरी सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क संकलन अघिल्लो आवको दुई महिनाको तुलनामा १७.८२ प्रतिशत, दि ओरियन्टल १६.४६, नेशनल १३ र प्रभु इन्स्योरेन्सका १०.५९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्स ८.१५, नेको ३.८०, सगरमाथा इन्स्योरेन्सको बीमाशुल्क १.२७ प्रतिशतले बढेको हो ।

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भई साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क ०.५४ प्रतिशत मात्र बढेको छ । यस्तै प्रिमियर इन्स्योरेन्सको पनि ०.३३ प्रतिशतले मात्र बढेको छ ।

अधिकांश निर्जीवन बीमा कम्पनीहरुले बढाउँदा दुई निर्जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन भने घटेको छ । यस अवधिमा युनाइटेड इन्स्योेरेन्सको बीमाशुल्क २२.५७ प्रतिशत तथा शिखर इन्स्योेरेन्सको १.११ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।