बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि २ करोड ५० लाख मूल्यको प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित बाग्लुङ्ग जिल्ला स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका कुल २ लाख ५० हजार कित्ता सेयर निष्काशन गनेछ । याे  आईपीओमा बाग्लुङ्गको जैमिनी नगरपालिकाको वडा नम्बर १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुमा बसोबास गर्नेले आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि इक्रा नेपाल लिमिटेडबाट साख मूल्याङ्कन गराएको छ । रेटिङ्गमा इक्राले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस’ ग्रेडिङ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

स्थानीयबासीले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओ छिटोमा कात्तिक १८ गते तथा सो अवधिमा सबै बिक्री नभए मंसिर ४ गतेसम्म खुला रहनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहिबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।