एनआईबिएल एस क्यापिटलले आगामी कात्तिक १८ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २७ कराेड रूपैयाँको २० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने एजेण्डा सहित सभा डाकेको हो । बैठकले क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा कात्तिक १८ गते बिहान १०ः३० बजे बोलाइएको छ ।
कम्पनीको सञ्चालक समितिको असोज २६ गते सम्पन्न बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बराबरले हुन ५ करोड ४० लाख रुपैयाँ आउने नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ ।
सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा उपर छलफल गरी पारित गर्ने प्रस्तावहरु रहेका छन् ।
एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया