बैंकिङ प्रणालीमा ४४ अर्ब निक्षेप थपियो, कर्जा भने एक अर्बले घट्यो

0
Shares

बैंकिङ प्रणालीमा गत साताको पछिल्लो दुई दिनमा मात्रै ४४ अर्ब निक्षेप थपिएको छ । दसैं सकिए लगत्तै बाहिरीएको भन्दा पनि धेरै निक्षेप प्रणालीमा फिर्ता आएको हो ।

दशै सकिए लगत्तै अर्थात असोजको २५ गते मंगलबार मात्रै ३० अर्ब रुपैयाँ निक्षेप झिकिएको थियो ।

तर, मंगलबार झिकिएको निक्षेप बुधबार, बिहीबारमा प्रणालीमा ४४ अर्ब निक्षेप थपिएको छ । शुृक्रबार भने एक अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत साताको मंगलबार देखि शुक्रबारसम्ममा बैंकिङ प्रणालीबाट एक अर्ब कर्जा घटेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कुल कर्जा ४७ खर्ब २३ अर्ब रहेकोमा शुक्रबार ४७ अर्ब २२ अर्बमा झरेको छ ।

बैंकहरुमा स्रोतको अभाव भएपछि ब्याजदर बढाएर निक्षेप तान्ने दौडमा बैंकहरु थिए । बैंकहरुले ब्याजदर बढाए पनि दसैको सुरुवात देखि निक्षेपमा कमी आउने भन्दा पनि भएको समेत झिकिने समस्या देखिएको थियो । त्यो क्रम दशैं सकिएपछि सातामा सुधार आएको हो।

असोज २८ गते शुक्रबारसम्ममा बैंकिङ प्रणालीमा कुल ५१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । असोज २५ गते मंगलबार यस्तो निक्षेप ५० अर्ब ८७ अर्ब रुपैयाँ मात्र थियो ।

बैंकहरुबाट उच्च दरमा निक्षेप बाहिरिएपछि कर्जा निक्षेप अनुपातमा समेत घटेको छ । मंगलबार बढेर ८७.८१ रहेको बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात घटेर ८६.९४ प्रतिशतमा झरेको छ ।

पछिल्लो समयमा बैंकहरुले निक्षेप वढाउन ब्याजदरमा गरेको भद्र सहमती समेत तोडेर ब्याजदर बढाएका छन् । ब्याजदर बढाउदा पनि नयाँ निक्षेप नआएपछि बैंकहरुले कात्तिक महिनाका लागि असोज महिनाकै ब्याजदरलाइ निरनतरता दिने सहमती गरीसकेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।