महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र बिक्रीमा ल्याउने, ११% ब्याज पाइने

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले एक अर्ब मूल्यको बैंकले “१० वर्ष, ११ महालक्ष्मी डिबेञ्चर २०८९“ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले लगानीकर्तालाई वार्षिक ११ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्ने भएको हो ।

ऋणपत्र निष्काशन गर्न बैंकले असोज २७ गते बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको हो ।

बैंकले बिक्रीमा ल्याउने १० लाख इकाईमध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र विभिन्न संघ संस्थालाई व्यक्तिगत रुपमा ६ लाख कित्ता बिक्रीमा आउनेछ ।

उक्त ऋणपत्र धितोपत्र बोर्डबाट स्वीकृति पाएपश्चात मात्र सार्वजनिक निष्कासनमा आउनेछ ।

बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।