त्रिशुली जलविद्युतको आईपीओमा १५ करोड संकलन

0
Shares

त्रिशुली जलविद्युत कम्पनीले विद्यमान सेयरधनीबाट १५ करोड ३० लाख २४ हजार २१३ रुपैयाँ संकलन गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार असोज ३१ गते सोमबार साँझ ५ बजेसम्म ७४ हजार ४४७ वटा आवेदनबाट १७ लाख ५८ हजार ८९९ कित्ता सेयरका लागि आवेदन परेको हो ।

त्रिशुली जलविद्युतले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी ८७ रुपैयाँका दरले रकम संकलन गर्न थालेको थियो ।

त्रिशुलीले २०७५ चैत ७ गतेदेखि जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

सो समयमा कम्पनीले अंकित मूल्यको १० रुपैयाँका दरले मात्र अग्रिम सेयर संकलन गरेको थियो । १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुबाट कम्पनीले उठाउन बाँकी ९० रुपैयाँमा ३ रुपैयाँका दरले ब्याज प्राप्त भएकाले ८७ रुपैयाँका दरले रकम जम्मा गर्न भनेको हो ।

विद्यमान सेयरधनीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत कार्तिक १७ गतेभित्र भुक्तानी गर्न बाँकी रकम बुझाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  १८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।