सुनचाँदीको मूल्य बुधबार सामान्य घट्यो, कति तोकियो भाउ ?

0
Shares

सुनको मूल्य कार्तिक २ गते बुधबार तोलामा २०० सय रुपैयाँ तथा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

कार्तिक १ गते मंगलबार सुन तोलामा १०० रुपैयाँ बढेर छापावाल प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६४७ डलर तथा चाँदी प्रतिऔंस १८.६७ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।