नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ६४ करोड मात्र

0
Shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बजार ओरालो लाग्नेक्रम नरोकिएपछि सेयर खरिद बिक्री सुस्ताउँदा कारोबार रकम समेत साढे ६४ करोडमा सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १२.८१ अंकले ओरालो लागेर १ हजार ८४५ दशमलव ५१ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ अङ्कले ओरालो लागेर ३६२ दशमलव ९६ बिन्दुमा सीमित भएको छ ।

आज कूल २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम गत सोमबारको तुलनामा १२ करोड ७८ लाख बढी हो । संस्कृतविद् सत्यमोहन जोरीको निधन भएपछि सरकारले मंगलबार सरकारले सार्वजनिक विदा दिएको थियो ।

यसदिन कारोबार भएका १३ उपसमूह मध्ये होटल तथा पर्यटनमुलक बाहेक सबै ११ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । होटल १.५६ प्रतिशत र म्युचुअल फण्ड ०.१८ प्रतिशतले बढेको छ । फाइनान्स सर्वाधिक २.५४ प्रतिशत घटेको बजारमा हाइड्रोपावर १.८३ प्रतिशत, विकास बैक सूचक १.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटलको सर्वाधिक ३ करोड ७२ लाख १२ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नबिल बैंकको २ करोड ४१ लाख, रिडी पावर २ करोड ३३ लाख, हिमालयन डिष्टिलरी १ करोड ८६ लाख र एनआईसी एशिया बैंकको १ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यसदिन अभियान लघुवित्तको सेयर दश प्रतिथतशतले बढेर ८८८.८० रुपैयाँ पुगेको छ । यस्तै सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर २३५.६० रुपैयाँ पुगेको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को ९.९४, अपर हेवाखोलाको ७.६९ र सोल्टी होटलको सेयरमूल्य ४.९३ प्रतिशतले बढेको छ ।

पिपुल्स पावरको सेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेर २१३ रुपैयाँमा झरेको छ । सामलिङ पावरको ६.१३ प्रतिशत, विन लघुवित्त ५ प्रतिशत, रिभर फल्सको ४.९१ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाई ४.६७ प्रतिशतले घटेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।