लुम्बिनी विकास बैंकले ९३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

0
Shares

लुम्बिनी विकास बैंकले ९३ हजार ४०७ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।

संस्थापक सेयरधनी युगराज रेग्मीको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोख्रेलको नाममा रहेको ४ हजार कित्ता सेयर बैंकले बिहीबारदेखि बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, कुनैपनि व्यक्ति, सर्वसाधारण लगानीकर्ता तथा कम्पनी तथा विभिन्न संस्थाहरुले आवेदन दिन सक्नेछन् । बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा बिहीबारदेखि १५ दिनभित्र सेयर खरिद गर्न इच्छुकले निवेदन पेश गर्न सक्नेछन् ।

बैंकले विद्यमान सेयरधनीले सेयर खरिद नगरेपछि दोस्रो पटक सर्वसाधारण लगानीकर्ताले समेत आवेदन गर्न पाउने गरी उक्त सेयरको बिक्री खुला गरेको हो ।

लुम्बिनी विकास बैंकले समकक्षि विकास बैंकहरुमा अब्बल बैंकको रुपमा प्रतिस्पर्धा तथा व्यवसाय विस्तार गर्दै अगाडि बढिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ कार्तिक २०७९, बिहिबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।