आज शुक्रबार एक वािणज्य बैंक सहित एकैदिन चार कम्पनीको वार्षिक साधारण सभा सम्पन्न हुँदैछ ।
सिटिजन्स बैंक इन्टरनेसनल, गुराँस लाइफ, रु रु जलविद्युत परियोजना र बिओके क्यापिटलले कार्तिक ४ गते शुक्रबार साधारण सभा सम्पन्न गर्दैछन् ।
सिटिजन्स बैंकले ९ प्रतिशत (१ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ) नगद लाभांश वितरण प्रस्ताव सहित अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
यस्तै गुराँस लाइफ इन्स्योरेन्सले मर्जर तथा ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९५ नगद गरी कुल ७.८३५ लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।
यस्तै रु रु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद प्रस्ताव सहित दिउँसो १ बजे बानेश्वर ब्यांक्वेट थापा गाउँ नयाँ बानेश्वरमा बोलाएको छ ।
आजै चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित केन्द्रीय कार्यालय नारायणचौर काठमाडौंमा दिउँसो १ बजे सभा डाकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया