
सुनचाँदीको मूल्य तिहार नजिकिँदै गर्दा झनै सस्तिएको गएको छ । आगामी आइतबारदेखि नेपालीहरुको महान चाड तिहार लाग्नै लाग्दा सुनचाँदीको भाउ भने ओरालो गतिमा देखिएको हो । यो सातामा मात्रै सुन तोलामा १ हजार ६०० रुपैयाँ तथा चाँदी २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा कार्तिक ४ गते शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ भने आज स्थीर रहेको छ ।
आज शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो कार्तिक ३ गते बिहीबार तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६२१ डलर तथा चाँदी प्रतिऔंस १८.५४ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया