बेस्ट फाइनान्सले प्रगति खस्कँदो देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५९ लाख ३३ हजार ५३३ रुपैयाँमा संकुचित बनेको छ ।
अघिल्लो आवको यसै अवधिमा १२ करोड ११ लाख ६० हजार रुपैयाँ बढी नाफा आर्जन गरेको फाइनान्सको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९५.१० प्रतिशत थोरै हो ।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेर खराब कर्जा असुली हुन नसक्दा फाइनान्सको खुद नाफामा उच्च गिरावट देखिएको हो । फाइनान्सको वितरणयोग्य नाफा बढेर २२ करोड ५२ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
अघिल्लो आवमा खराब कर्जा वापत १२ करोड ६७ लाख असुली गरेको फाइनान्सले चालु आवको सोही अवधिमा ३ करोड १४ लाख ५४ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था वापत छुट्टाएको छ । अघिल्लो आवमा पुरानो कर्जा असुलीले फाइनान्सको नाफामा उच्च वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ८६.९९ प्रतिशतले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको सञ्चालन नाफा १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ३९.४३ प्रतिशतले बढेर ३ करोड ८० लाख ८ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ तथा प्रतिसेयर आम्दानी २.६८ रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा ५८.४७ रुपैयाँ रहेकोमा कम्पनीको इपिएस ५५.६१ रुपैयाँले घटेको हो ।
कम्पनीको खराब कर्जा ०.३५ ले बढेर ४.४० प्रतिशत तथा प्रतिसेयर नेटवर्थ १०.५७ रुपैयाँ घटेर १३४.६८ रुपैयाँमा झरेको छ । फाइनान्सको आधारदर ३.७३ ले बढेर १४.३१ प्रतिशत, कोषको लागत ३.५४ ले १०.६४ प्रतिशत पुगेको छ । फाइनान्ुको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११३.८६ गुणा बढी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया