नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुलाई यहि कात्तिक २५ गतेभित्र नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको छ ।
कात्तिक २७ गतेदेखि नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने बताउँदै नेप्सेले आइतबार जारी गरेको सूचनामा सबै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन र युजर आइडी लिन भनेको हो ।
यसअघि पुरानो र नयाँ दुई वटा वेवसाइट सञ्चालन गर्दै आएको नेप्सेले कार्तिक २७ गते देखि लागू हुने गरी नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।
नेप्सेमा सूचीकृत सम्पुर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नको लागि सम्पुर्ण सूचीकृत कम्पनीहरुलाइ नेप्सेको नट्स अनिवार्य हुन्छ ।
कार्तिक २७ गतेदेखि पुरानो वेबसाइट अन्तर्गतमा सम्पुर्ण लगइन र युजर आइडी खारेज हुने र सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ ।
तोकिएको समयभित्र आईडि नलिएर सूचीकृत कम्पनीहरुले प्रवाह गर्नुपर्ने सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने नेप्सेले स्पष्ट पारेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया