सुन-चाँदी दुबैको भाउ मंगलबार बढ्यो

0
Shares

सुनचाँदी दुबैको भाउ मंगलबार बढेको छ । तिहारपछि आइतबार घटेका सुनचाँदीको भाउ सोमबार भने स्थीर बनेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कात्तिक १५ गते मंगलबार अघिल्लो दिनको तुलनामा सुनको भाउ १०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।

हिजो कात्तिक १४ गते सोमबार सुन स्थीर रहँदै छापावाल सुन प्रतितोला ९३ हजार, तेजावी सुन ९२ हजार ५०० र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६३८ डलर तथा चाँदी प्रतिऔंस १९.४३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ कार्तिक २०७९, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।