जाल्पा सामुदायिक लघुवित्तको १२ करोड २९ लाख लाभांश प्रस्ताव

0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीलाई कुल १२ करोड २९ लाख ४७ हजार ३६८ रुपैयाँ ४२ पैसार लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी मंसिर १९ गते शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १६ करोड रुपैयाँको कुल ७६.८४२१ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो ।

जसमध्ये चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रुपैयाँ बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ३.८४२१ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिकोबैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

विसं २०७८ माघ तेस्रो साता सर्वसाधारणमा सेयर बिक्री गरेको लघुवित्तले सेयरधनीलाई पहिलो पटकमा नै बम्पर लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको लघुवित्तको सो बोनस (११ करोड ६८ लाख) वितरणपछि २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।