एनसीसी बैंकको २२ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ ।

बैंकका विद्यमान ९ जना संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्रीमा ल्याएका हुन् । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सो सेयरमा कात्तिक २१ गते सोमबारदेखि ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले एनसीसी बैंकको बागबजार, काठमाडौंस्थित सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन दिनुपर्ने बैंकले जनाएको छ । तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सबे सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।