एक सातामा वाणिज्य बैंकहरुमा साढे २१ अर्ब निक्षेप थपियो

0
Shares

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा साढे २१ अर्ब निक्षेप थप भएको छ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिक ११ देखि १८ गतेसम्मको अवधिमा २१ अर्ब ४५ करोड निक्षेप थप भएको हो।

कात्तिक ११ गतेसम्म कुल ४५ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा १८ गतेसम्म ४५ खर्ब ४५ अर्ब पुगेको छ ।

निक्षेपमा सुधार आए पनि यसअवधिमा कर्जा प्रवाह भने घटेको छ । पछिल्लो एक सातमा १ अर्ब २५ करोडले कर्जा घटेको छ । कात्तिक १८ गतेसम्म बैंकहरुले कुल ४२ खर्ब २४ अर्ब कर्जा परिचालन गरेका छन ।

बैंकहरुको निक्षेपमा आएको बढोत्तरीले कर्जा निक्षेप अनुपतामा सुधार आएको छ । कात्तिक १८ गतेसम्म बैंकहरुको यस्तो अनुपात ८७.२१ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।